Connect with us
Kapilvast Forest

आजदेखि अष्ट्रेलिया खुल्यो

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्।

सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्।

कोभिड-१९ महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको हो।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै जनजीवन सहज हुँदै जाने बताएका छन्।

सरकारले अष्ट्रेलिया भित्रले नागरिकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई केही खुकुलो बनाएको छ। तर तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ।

यद्यपि राज्य अनुसार क्वारेन्टिनको नियम भने फरक हुन सक्नेछ।

अष्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले बताएका छन्।

करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्।

त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ।

अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ।

यसैबीच कोभिडका कारण लामो समयदेखि सिमा बन्द हुँदा भिसा अवधि सकिएर अष्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोरेरी ग्राजुयट) भिसावाहकलाई सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ।

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहक (टीआर)को अधिकार कतौटी भएको महशुस गर्दै सरकारले यो कदम चालेको हो।

४८५ अर्थात टेम्पोरेरी ग्राजुयट भिसा भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने भिसा हो। जसबाट उनीहरूलाई पढाइपछि अर्थोपार्जन र विषयगत दक्षतामा काम गर्ने अवसर पाउँछन्।

२१ महिना अन्तर्राष्ट्रिय सिमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीले आफूले पाएको कामको अधिकार गुमाउने भएकोले सरकारले उनीहरूका लागि मौका दिएको हो।

हाल अस्ट्रेलियामा अध्यनरत करिब तीस हजार अन्तर्राष्ट्रिय विद्यार्थीको टीआर भिसाको समयावधि सकिन लागेको छ।

स्नातक तहको पढाई सकिएपछि प्राप्त हुने यो अवसर गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी देश बाहिर रहेकोले अस्ट्रेलिया आउन नपाएका वा फसेकाले यो अवसरका लागि पुनः आवेदन दिन पाउने भएका हुन्।

संघीय सरकारले बिहीबार गरेको निर्णय अनुरूप वर्तमान भिसावाहक वा सन् २०२० को फेब्रुअरी १ तारिख वा त्यसपछि भिसा समाप्त भएका मानिसलाई भिसा पुनः प्राप्त गर्न आवेदन दिन अनुरोध गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu