Connect with us
Kapilvast Forest

भिनाजुको हत्या आरोपमा सालो पक्राउ

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ। ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा भिनाजुमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा ५१ वर्षीय श्री मुरारी गिरी छन्। उनीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो।

मंगलबार साढे ४ बजे सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेको कार्कीले बताए।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो।

राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu