आगो निभाउने क्रममा एक जनाको मृत्यु
डोल्पा-जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।
हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताउनु भयो । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताउनु भयो । लामाको गए राति मृत्यु भएको हो ।