कांग्रेस महामन्त्रीको टुंगो लगाउन मतगणना सुरु
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिनु भएको छ ।
उनकाअनुसार ६ घण्टाभित्र मतपरिणाम आइसक्नेछ। महामन्त्रीका लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा हुनन्छ ।