Connect with us
Kapilvast Forest

शिवराजमा खेल महोत्सव सुरु,१५ सय खेलाडी सहभागि

२०७८, १ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।

खेलको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि ले शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरेर उदाहरणि काम गरेको बताउनुभयो ।

खेल महोत्सवलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले नगर मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने बताउनुभयो । शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाउनुभयो ।

विगतका वर्षहरू जस्तै यस वर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै थप व्यवस्थित गरिएको अधिकारीले बताउनुभयो । आगामी माघमा पालिका स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

खेल महोत्सवमा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खेलकुद प्रतियोगिताले युवायुवतीहरूलाई दुव्र्यसनिवाट हटाउन सहयोग पुग्ने बताउनुभयो । खेल महोत्सवको उद्घाटनमा विभिन्न राजनितिक दलमा प्रतिनिधि,संघ सस्थाका प्रतिनिधिहरुले खेलको सफलताको कामना गरेका थिए । खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल प्रतियोगिता हुने छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता हुनेछन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।
शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत पूर्ण विकले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu