कपिलवस्तु महोत्सवको तयारी तिब्र, सिडियोसगं छलफल
कपिलवस्तु -कपिलवस्तु उद्योग बाणिज्य सघंले १२ औँ कपिलवस्तु महोत्सवको तयारीका लागी तिव्रता दिएको छ । माघ १२ गतेबाट बाणगंगा बुद्ध रगंशालामा आयोजना हुन लागेको महोत्सवको तयारीका लागी सघंले तिव्रता दिएको छ ।
यसैबिच विहिवार सघंले प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेसगं छलफल गरेको छ ।सो क्रममा पाण्डेले महोत्सवको तयारीमा लाग्न निर्देशन दिदै केही सर्त पुरा गर्नुपर्ने बताएका छन ।
छलफलमा सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर , प्रेस सल्लाहकार अशोक पौडेल ब्यवसायी बिकास शर्मा लगायतको सहभागिता रहेको थियो ।सघंले महोत्सव सफल पार्न बिभिन्न उपसमिति समेत गठन गरी सकेको छ ।