प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ-प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।देउवा भेट्न आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुग्नु भएको छ । उहाँले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिनु भएको छ ।
साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।