बाणगंगामा पुष ४ देखी १८ गते सम्म मतदाता नामावली सङ्कलन हुने
कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकामा पुष ४ गते देखी १८ गते सम्म फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ । निर्वाचन मिति घोषणा भएपश्चात मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य स्थगित गर्नु पर्ने भएकाले सो अगावै दर्ता छुट भएका नागरिकको नामावली दर्ता गर्नका लागि निर्वाचन कार्यालयले संकलन कार्य सुरु गरेको हो । जस अनुसार सुक्रवार बाणगंगा नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन मतदाता नामावली संकलन तथा दर्ता कार्यमा आम मतदाताको पहुँचलाई सहज गराउनु तथा लोकतान्त्रिक राज्यको शासन व्यवस्थामा जनताको सहभागिताका गराउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।
बाणगंगामा सङ्कलन हुने मतदाता नामावलीमा पुष ४ गते दोखि प्रत्येकदिन एक, एक वडाका नागरिक सहभागि भएर नामवलि दर्ता गराउन नगरले आग्रह गरेको छ । जसमा बाणगंगा वडा न।१को ४ गते, वडा २कोे ५ गते, वडा ३कोे ६ गते, वडा ४को ७ गते, वडा ५ को ८ गते संकलन हुने भएको छ ।
यसैगरि वडा न।६को ९ गते, वडा ७को १० गते, वडा ८को ११ गते, वडा ९को १२ गते, वडा १०को १३ गते, वडा ११को १४ गते सम्म संञ्चालन हुने नगले जनाएको छ । यस्तै बाकीँ रहेको ४ दिन छुटफुट नागरिकको दर्ता हुने बताईएको छ । ंनगरपालिकामा मतदाता नमावलि संकलनमात्र हुने र अन्य नामावलि सरुवा तथा सच्याउन परेमा जिल्ला निर्वचनमा गई सच्याउन सकिने छ ।