Connect with us
Kapilvast Forest

एउटै सुमधुर ट्युनिङमा एमाले हिड्छ: थापा

२०७८, ४ पुष आईतवारमा प्रकाशित

 प्यार अलि खान.प्यूठान -एमाले पोलिब्यूरो सदस्य सूर्य थापाले प्यूठानको एमाले एउटै सुमधुर ट्युनिङमा हिड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्यूठान शाखाले पार्टी कार्यालय बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले भने ‘हामी एउटै तालमा, लयमा हिड्ने छौं।’ अग्रगमन तथा सामाजिक न्यायका पक्षधर पार्टीसंग कार्यगत एकता हुनसक्छ।’ एमालेलाई एकल्याउन चाहने हरकोहि पार्टीसंग डटेर प्रतिबाद गरिने उनले बताए।

पार्टी कब्जा गर्न आएकाहरुको उद्देश्य पूरा हुन नसक्दा उनीहरू चोईटियर गएको थापाले दाबी गरे। जनताको आशा तथा भरोसाको पार्टी एमाले नै भएको उनको कथन छ। पार्टी अगुवा नेता तथा कार्यकतामाझ पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई अघि बढाउँदै आगामी स्थानीय, प्रदेश तथा केन्द्रिय निर्वाचनमा पार्टीको जितलाई सुनिश्चिता गर्नेगरी कार्ययोजना बनाइने उनले जानकारी गराए।

कार्यक्रममा लुम्बिनी प्रदेस सांसद तथा केन्द्रिय सदस्य हरि प्रसाद रिजालले एमालेले आगामी निर्वाचनमा कुल मतदाताको ५१ प्रतिशत मत सुरक्षित गर्ने गरि लागेको बताए। ‘विश्वकै ठूलो प्रजातान्त्रिक पार्टी एमाले हो जसको पुष्टि १० औं महाधिवेशनको खुला सत्रले गरेको छ।’

रिजालले भने, ‘विकास सुशासन, समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टी निर्विकल्प एमाले नै हो।’ यसैबीच एमाले प्यूठानले पनि नवनिर्वाचित पोलिटब्युरो सदस्य थापा तथा केन्द्रिय सदस्य रिजाललाई बधाई ज्ञापन गरेको छ। पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रममा एमाले प्युठानका अध्यक्ष तुल्सीराम शर्मा, प्रदेस कमिटी सदस्य विजय विराज विष्ट, प्युठान नगरपालिका संगठन कमिटी अध्यक्ष टंक बहादुर खड्का, स्वर्गद्वारी नगरपालिका संगठन कमिटी अध्यक्ष राम प्रसाद श्रेष्ठ गौमुखी पालिका संगठन कमिटी अध्यक्ष जुमानसिंह जिसी, मल्लारानी संगठन कमिटी अध्यक्ष सुनिल शाही लेकाली लगाएतका नेता तथा अगुवा कार्यकर्ताहरुले बधाई ज्ञापन गरेका थिए। प्यूठान इन्चार्जमा थापा तथा सह इञ्चार्जमा रिजालले जिम्मेवारी पाएसंगै एमाले कार्यकर्ता पंक्तिमा नयाँ उत्साह थपिएको प्युठान नगर कमिटी सचिव आकाश भण्डारीले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj