Connect with us
Kapilvast Forest

आशीर्वाद लिन विश्वप्रकाश सिटौला निवासमा

२०७८, ४ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गर्नु भएको छ । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिनु भएको थियो । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित हुनु भएो थियो ।

 

काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । काँग्रेस राजनीतिमा सिटौला र शर्मा पछिल्लो समय एउटै कित्ता छैनन् । झापाको काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ ।

१४ औं महाधिवेशनमा सिटौला शेरबहादुर देउवा समूहमा जोडिएपछि शर्मा सिंह क्याम्पमा पुग्नु भएको थयो । सिटौलाले देउवा समूहबाट आफू निकट प्रदीप पौडेललाई अगाडि सारेका थिए भने देउवाले बाँकी अर्को सिटमा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । देउवा र सिटौला निकट महत र पौडेललाई पराजित गरी शर्मा सिंहको प्यानलबाट महामन्त्री बन्न्ु भएको हो ।

सिटौलाले गगन थापा र शर्मालाई रोक्न पौडेललाई महामन्त्रीको रुपमा अगाडि बढाएको महाधिवेशनताका काँग्रेस वृत्तमा चर्चा हुने गरेको थियो । तर शर्मा महामन्त्री भएपछि सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुग्नु भएको हो । काँग्रेसमा ‘संस्कारी’ नेताको पहिचान बनाएका शर्माले शीर्ष नेतालाई भेटेर बधाई तथा आर्शिवाद लिइरहनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu