Connect with us
Kapilvast Forest

दोहोरो अंकले घट्यो नेप्से, २ अर्बको कारोबार

२०७८, ५ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं- कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा बन्द भएको छ। २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँमा खरिद बिक्री भयो। आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये २ को मात्र मूल्य बढेको छ। उत्पादन समूहको ३.५२ र लघुवित्तको ०.१४ प्रतिशतले मूल्य बढेको हो। विकास बैंकको सेयर मूल्य सर्वाधिक २.२३ प्रतिशतले घटेको छ। होटल तथा पर्यटनको १.५६, जलविद्युतको १.९९,निर्जीव विमाको १.६७ प्रतिशतले घटेको हो। बाँकी अन्य समूहको पनि सूचक ०.८५ प्रतिशतसम्म ओरालो लागेको छ।

यस्तै यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस फाइनान्स र हिमालयन डिस्टिलरीको १० प्रतिशतले मूल्य बढेको छ। कारोबार रकमका आधारमा गुराँस फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँमा सेयर कारोबार भयो।यस्तै, १८ करोड ६६ लाख ४१ हजार १३८ रुपैयाँमा सेयर किनबेच गरेर हिमालयन डिस्टिलरी दोस्रो स्थानमा रह्यो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu