Connect with us
Kapilvast Forest

दुई हजार ६५० मतगणना सकियो, डिना, पुष्पा र राणाकाे अग्रता कायमै

२०७८, ५ पुष सोमबारमा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) को मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दुई हजार ६५० मतको गणना सकिएको छ ।

केन्द्रीय सदस्य पदमा गणना जारी रहँदा डा. डिला पन्त संग्रौलाले एक हजार ६५०, पुष्पा भुसाल गौतमले एक हजार ५५९, आरजु राणा देउवा एक हजार ४५६, अम्बिका बस्नेत एक हजार ३१०, ईश्वरी न्यौपाने एक हजार २९६, सरिता प्रसाई एक हजार १९० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, रमा कोइरालाले एक हजार ५८, सुशीला ढकालले एक हजार ४१, रंगमती शाहीले एक हजार २५ र अनिता देवकोटाले ९९१ मत प्राप्त गर्नुभएको छ ।मतगणना साँझसम्ममा घोषणा हुनसक्ने जानकारी निर्वाचन समितिले दिएको छ । महिला खुलातर्फ नाै जना केन्द्रीय सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu