Connect with us
Kapilvast Forest

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा २ करोड बढी क्षति

२०७८, ५ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ । सोमवार दिउँसो तीन बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो ।

 

आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिनु भयो ।

दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा इन्र्भटरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उहाँले जानकारी दिनु भयो ।

काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu