एमसिसी कुनै पनि हालतमा जनताको हितमा छैन
राम अवतार चाैधरी कपिलवस्तु-
एमसिसी विरुद्ध कपिलवस्तुमा संयुक्त विरोध प्रदर्शन गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी र जनमोर्चा बीचको संयुक्त आयाेजनमा जिल्लाकाे चार नम्बर जितपुर बजारबाट नारा सहित चोकमा विरोध सभामा परिणत भएको जनाइएको छ । सभालाई सम्बोधन गर्दै नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल के.सी.ले राष्ट्रघाती एमसिसी कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए ।
यसका विरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने बताउँँदै राष्ट्रियताको विषयमा सबै राष्ट्रियवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्नेमा सेक्रेटरी के.सी.ले बताए ।
विरोध प्रदर्शन कार्यक्रम राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला अध्यक्ष ददिराम आचार्यको अध्यक्षतामा सञ्चालन अखिल विद्यार्थी क्रान्तिकारी युनियन केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बिस्नु राउत (बिज्ञान), नेकपा (मसाल) का प्रवक्ता छबिलाल गैरे , नेकपा (क्रान्तिकारी) का धनेश्वार पोख्रेल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए । विरोध प्रदर्शनमा जिल्लाका नेता तथा कार्यकर्ता, विद्यार्थी लगायत सर्वसाधारणहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।