लुम्विनी थ्री ब्रदर्श लज एण्ड रेष्टुरेण्टका सञ्चालक पौडेल र खनाल पक्राउ
रुपन्देही:
रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीको लुम्विनी थ्री ब्रदर्श लज एण्ड रेष्टुरेण्टमा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन । शुक्रवार साँझ होटलमा आएकी सैनामैना ७ आमीकी अन्दाजी २२÷२३ बर्षकी सविना सुवेदी राती होटलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
प्रहरीले होटल सञ्चालक लेखनाथ खनाल र मेघराज पौडेललाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो । सविना होटलमै मृत अवस्थामा भेटिएको थाहा पाएपछि शनिवार विहान सालझण्डी स्थित होटलमा आएकी सविनाकी मामाकी छोरी गौरी न्यौपानेले बहिनी सविनाको रहस्यमय मृत्यु भएको बताईन ।
उनले स्याङजा माईती भएकी बहिनीले तीन चार दिनअघि फोन गरेर आफूलाई सासु, जेठानी र जेठाजुले कि आफै मर कि तलाई माछौं भनेर तनाव दिएको भन्दै फोन गरेको बताईएको छ । उनको मृत्युको विषयमा सत्यतथ्य अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गराउनु भयो ।
उता मृतक सविनाका श्रीमान हेमबहादुर थापाले श्रीमति सविनालाई शुक्रवार साँझ रातो गाडी घरमा लिन आएको र आफूले सविनालाई गाडीसम्म पु¥याउन आएको बताए । उनले राती १२ बजेतिर श्रीमतिले फोन गरेर कृष्ण भन्ने ब्यक्तिले धम्की दिएको र उसलाई नछोड्नु भनेर भनेको पनि बताए ।
आपूm विदेश जान तयारी गरेको र श्रीमती माईत जाने तरखर गरेको बेला यस्तो घटना भएको उनले बताए । उता इलाका प्रहरी कार्यालय सालझण्डीले घटनाका विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।