Connect with us

संसद अवरुद्ध हुँदा जनतामा निराशा पैदा भयो : सभामुख

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं- प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरुद्ध नगर्न प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्नु भएको छ । संसद बैठकमा सभामुख सापकोटाले जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध नगर्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नु भयो , ‘हाम्रो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले बोल्न पाउनुपर्छ । जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधि सभा अवरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा भएको छ, त्यसकारण म तपाईहरुलाई विशेषरुपमा आग्रह गर्न के चाहन्छु भने, आफ्ना मतभेदहरु, आफ्ना भनाइ राख्न बैठकलाई सूचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनुहोस्।

आजको बैठकमा एमाले सांसदहरुले अवरोध जनाए। बैठक सुरु हुनेवित्तिकै आआफ्नो सिटबाट उठेर उनीहरुले विरोध जनाएका हुन्। सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ।

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकोमा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu