Connect with us
Kapilvast Forest

लिडोले दियो लुम्बिनी प्रदेशलाई एक करोड बढीको चिकित्सकीय उपकरण

२०७८, ७ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु 
कोभिड १९ को प्ुर्वृ तयारीकालागि लिडो नेपाल कपिलवस्तु नामक संस्थाले लुम्बिनी प्रदेश सरकारलाई एक करोड बढी मुल्यका चिकित्सकीय उपकरण प्रदान गरिएको छ । ओटी सेटअप, ३ थान आईसीयू सेट र १ पीसीआर स्वास्थ्य प्रयोगशाला सेटअप) हस्तान्तरण गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय कुलमान केसी, मन्त्रीको उपस्थितिमा बुटवलमा लिडो की कार्यकारी निर्देशक सुनिता बेल्बासेले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री माननीय इन्द्रजित थारुलाई सो सामाग्री हस्तान्तरण गरेकी थिईन । सो उपकार कतार च्यारेटीको सहयोमगा लिडोले उपलब्ध गराएको हो । सो अवसरमा निर्देशक बेल्बासेले प्रदेश अन्र्गत रहेको १२ जिल्लालाई कोभिडको उपचारमा सहजताकालागि पुर्व तयारी स्बरुप प्रदान गरिएको बताईन ।

उनले लुम्बिनी प्रदेशका कपिलवस्तु रुपन्देही लगातयका जिललहरुमा यस अघि पनि कतार च्यारेटीको सहयोगमा स्वास्थय संस्थाहरुलाइृ सामाग्री प्रदान गरिएको बताईन । वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री माननीय इन्द्रजित थारुले कोभिडकालागि प्रदेशलाई चिकित्सकीय सामाग्री दिएर संसथाले उदाहराण्ीय काम गरेको बताए ।

उनले प्रदेश सरकारले काभिेडको नियन्त्रणकागि गर्दै आएको काममा सस्थाले हातेमालो गरेको बताए । प्राप्त सामाग्रीलाई आवश्यक पर्ने स्थापना पठाइइने उनले बताए । कार्यक्रम शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, लुम्बिनी प्रान्त, नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हेल, मोहम्मद तैमूर साकिब, अन्तर्राष्ट्रिय कोष विशेषज्ञ, कतार च्यारिटी दोहाका सचिव डा विकास देवकोटा सहभागी थिए ।

यस्तै स्वास्थ्य मन्त्रालयका तर्फबाट डा पुष्पराज पौडेल र कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इरशाद अली शेख, मन्त्रालयको टोली र लिडो टोलीका अन्य सदस्य सहभागी थिए । सो अवसरमा स्वास्थ्य मन्त्रालयले लिडोलाई प्रशंसा पत्र समेत प्रदान गरेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj