Connect with us
Kapilvast Forest

उद्योग वाणिज्य संघले बुझायो ज्ञापन-पत्र

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

प्यूठान– प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले प्यूठान नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ।
नगरपालिका भित्र रहेका जल्दाबल्दा समस्या समाधानका लागि ज्ञापन-पत्र बुझाईएको नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकारी दिए।
ज्ञापनपत्रमा अनाधिकृत रिटेल व्यापार, सडक व्यापार, झोले तथा पोके व्यापारलाई पूर्ण रूपमा निरुत्साहित गर्न माग गरिएको छ।
बजार क्षेत्रमा जडित सिसि क्यामेरा मर्मत सम्भार तथा सडक बत्ति व्यवस्थापनका लागि नगरपालिकाको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको नगर बजार क्षेत्रका सचिव कमल प्रसाद पौडेलले जानकारी दिए।
करदाता शिक्षाको अभाव हुँदा बर्सेनि रूपमा उद्योगी तथा व्यवसायीहरु मिस म्याचको समस्या तथा जरिवानामा पर्दै आईरहेको हुँदा समस्या समाधानका लागि कर शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट संचालन गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।
ज्ञापन-पत्र बुझ्दै प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले माग पूरा गर्ने आश्वासन दिएको बजार क्षेत्रका सहसचिव प्रशुजता अधिकारी जिसीले जानकारी दिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu