Connect with us
Kapilvast Forest

एमाले काठमाडौंको लोगो सार्वजनिक

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं– नेकपा(एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको काठमाडौं जिल्ला कमिटीको अधिवेशनको लोगो सार्वजनिक गर्नु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो।

काठमाडौंका १३८ वडा र ११ नगरका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले मूल व्यवस्थापनअन्तर्गत तयारीका बारे बैठकमा जानकारी गराउनु भएको थियो । एमालेले यही पुस २३ गते सबै जिल्लाको अधिवेशन गर्दैछ।

बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा राजन भट्टराई, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, शान्ति अधिकारी, सरिता न्यौपानेलगायत सहभागी हुनुन्थ्यो ।सो कमिटीका सचिव दीपक निरौलाले अधिवेशनले सकेसम्म सहमतिमा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu