यी हुन कपिलवस्तुकी रुपा, जो काँग्रेसको कान्छी केन्द्रिय सदस्य भइन्
नवराज पौडेल
कपिलवस्तु- नेपाली कांग्रेसको दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको बिहीबार सार्वजनिक परिणाममा समावेशी दलित महिला बाट कपिलवस्तुको विजयनगर गांउपालिका निवासी युवा नेतृ रुपा वि.क कांग्रेसको ३५ बर्षको उमेरमा केन्द्रिय सदस्यमा निवार्चित हुनु भएको छ ।
सानै उमेर देखी पार्टीमा कृयाशिल रहनु भएकी वि.क जिल्लाको पश्चिम क्षेत्रमा सफल नेतृको रुपमा परिचित हुनुहुन्छ । बिहीबार सार्वजनिक परिणाममा २०१३ मत सहित नेपालकै कान्छो केन्द्रिय सदस्य समेत रहेको जनाइएको छ । विकले आफुलाई केन्द्रिय सदस्यमा अमुल्य मत दिई निर्वाचित हुन सफल बनाउनुहुने सम्पुर्ण महाधिवेशन प्रतिनिधी, पार्टी संघठन प्रति आभार प्रकट गर्दै पार्टी संघठन एवंम कपिलवस्तु बासी आम सर्वसाधरण जनताको हितका लागी इमान्दारी पुर्वक काम गर्ने बताउनु भयो ।