कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध !
कपिलवस्तु -कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।तौलिहवामा अवस्थित बहुमुखी क्याम्पसमा अब टिकटक बनाउन पाइने छैन । पछिल्लो समय विद्यार्थीहरुले क्याम्पस भित्र अधिकतम मात्रामा टिकटक बनाउने गरेको भन्दै क्याम्पसले यस्तो निणर्य गरेको हो ।
क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ । यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचार संहिता अनुसार कारवाही हुने जनाएको छ ।
“क्यामपस हाता भित्र टिकटक बनाउन सख्त मनाही छ । अन्यथा विद्यार्थी आचार संहिता अनुसार मोबाई जफत गरि कार्यवाही हुने छ ।’’ भनि क्याम्पसका विभिन्न ठाउँमा सूचना टासिएको छ ।