Connect with us
Kapilvast Forest

कांग्रेसको पहिलो बैठकमै पुगेनन् शीर्ष नेता

२०७८, ११ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं-१४औं महाधिवेशनबाट नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व गर्दै पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। पार्टी कार्यालय सानेपामा शनिबार बसेको पहिलो बैठकमा नवनिर्वाचितलाई प्रमाणपत्र वितरण गर्दै सो प्रतिबद्धता जनाएका हुन्। समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाण पत्र वितरण गरे।

 

महामन्त्री गगन थापाले बैठकको छलफलबारे बताउँदै सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने बताए। कार्यक्रममा देउवाले पार्टी अघि बढाउन आफूलाई सबैले सहयोग गर्ने विश्वास गरेको बताए। ‘आफू सबै कांग्रेसीहरूको सभापति भएकाले सोहीअनुसार अघि बढ्नेछु,’ कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मलाई भोट दिने÷नदिने सबैलाई समेटर अघि बढ्छु। सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु। सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’

देउवाले पार्टीको विधान समावेशी बनेकाले सबैको प्रतिनिधित्व भएको उल्लेख गर्दै निर्वाचनका क्रममा भएका तीतामीठा कुरालाई बिर्सेर अघि बढ्न आग्रहसमेत गरे। ‘चुनावी प्रतिस्पर्धामा गएपछि केही नोकझोक भयो होला त्यसलाई बिर्सिनुहोस्,’ उनले भने, ‘आउने चुनावमा पार्टीलाई पहिलो बनाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्छ।’

पहिलो बैठकले कांग्रेसको तर्फबाट अगाडी सारिने उम्मेदवारहरूको हकमा पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ। त्यस्तै, निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलका तर्फबाट आधिकारिक रूपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ। १४औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचनबाटै चयन भएका छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र डा.शेखर कोइरालालगायका शीर्ष नेताहरू भने बैठकमा अनुपस्थित थिए।

१६ जिल्लाबाट परेनन् केन्द्रीय समितिमा निर्वाचितमध्ये सबैभन्दा धेरै काठमाडौं र कैलालीका रहेका छन्। ती जिल्लाबाट ७÷७ जना केन्द्रीय नेतृत्वमा आएका छन्। तर, १६ जिल्ला भने नेतृत्वविहीन बन्न पुगेको छ। ताप्लेजुङ, सर्लाही, कालिकोट, मुगु, डोटी, पर्वत, पाल्पा, पूर्वी रुकुम, बैतडी, मुस्ताङ, म्याग्दी, रामेछाप, रोल्पा, रौतहट, लमजुङ र सल्यानबाट कोही पनि केन्द्रीय कार्यसमितिमा आउन सकेनन्।

सबै जिल्लाबाट नेतृत्व हुने गरी अब मनोनित गर्ने ३३ जनाभित्र समेटिनुपर्ने दबाब शनिबारै केन्द्रीय कार्यालयमा जिल्ला सभापतिलगायत अन्य नेताहरूले आवाज उठाएका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu