Connect with us
Kapilvast Forest

१२ औँ कपिलवस्तु महोत्सवको तिव्र तयारी , ३ सय बढि स्टल रहने

२०७८, १२ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु-बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशाला चार नम्बर जितपुरमा माघ १२ गतेदेखि २२ गतेसम्म हुने १२ औँ कपिलवस्तु महोत्सव तथा औद्योगिक प्रदर्शनीको तयारी सुरु भएको छ ।

१२ गतेदेखि २२ गतेसम्म हुने महोत्सवमा ३ सय ३० स्टल मात्र राखिने भएकाले स्टल संयोजक मदन पौडेलले स्टल दर्ता गर्न इच्छुक ब्यापारी र ब्यवसायीलाई आग्रह समेत गर्नु भएको छ ।उहाँका अनुसार यसपटक महोत्सवमा कृषि, स्थानीयरुपमा उत्पादित वस्तु , होटल लगायतका स्टल रहने बताउनु भयो ।

 

स्टल केवल ब्यापारको लागि मात्र नभएर समग्र कपिलवस्तुको परिचय र गरिमा बोक्ने गरी ब्यवस्थि गर्न संघका अध्यक्ष डोलकराम घिमिरेले सबैमा अनुरोध गर्नुभएको छ ।

अहिले महोत्सवको लागि बिभिन्न समिति उपसमिति बनाएर धमाधम काम भइरहेको छ । २ बर्षसम्म महोत्सव हुन नपाएकोमा दर्शकको लागि पनि यसपटक कपिलवस्तु महोत्सव कस्तो हुन्छ भन्ने ब्यग्र प्रतिक्षा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu