Connect with us
Kapilvast Forest

इरशादको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति गठन

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल शिवराज नगरपालिका वडा नं ४ मा वडा समिती विस्तार गरेको छ । जसपा नेपालको जनजागरण अभियान अन्तरगत वडा समिती विस्तार कार्य जारी राखेको छ ।

वडा नं ४ का युवा इरशाद खानको अध्यक्षतामा ४१ सदस्यीय वडा समिती गठन गरिएको छ । सनिवार एक कार्यक्रम आयोजना गरि वडा समिती गठन गरेको छ ।

सो कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य रहिश शाह, शिव पुजन यादव, कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान, जिल्ला सदस्य प्रभु यादव, नगर अध्यक्ष कृष्ण कुमार चौधरी, युवा नेता मेनाज खाँको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj