Connect with us
Kapilvast Forest

नेपाल पत्रकार महासंघको बैठक कपिलवस्तुमा

२०७८, १४ पुष बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक कपिलवस्तुमा बस्ने भएको छ ।

सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको पवित्र स्थल तिलौराकोटमा पुस ३० गते केन्द्रीय समितिको बैठक बस्ने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले बताउनु भयो ।

बुद्धसगँ सम्बन्धित प्राचिन स्थानको प्रचारप्रसारमा समेत टेवा पुग्ने उद्देश्यले तिलौराकोटमा बैठक बस्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमिति पुस २९ गते आउने माघ १ गते फर्किने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो ।
केन्द्रिय समितिको बैठक सगैँ बुद्ध स्थलको रुपमा परिचित तिलौराकोट, कुदान, गोटिहवा, अरौराकोट, जगदिशपुर ताल लगायतका स्थान अध्ययन अवलोकन गर्ने योजना रहेको छ ।

केन्द्रिय कार्य समितिको स्वागत सम्मानको लागि नेपाल पत्रकार महासघं कपिलवस्तुले तयारी गरिरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुनेहरू पुस २९ गते कपिलवस्तु पुग्ने पुस ३० गते बैठक सम्पन्न गरी माघ १ गते बिहान फर्किने कार्यक्रम तय गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu