भारी हिमपातले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका वन्यजन्तु जोखिममा परेका छन्। संरक्षित वन्यजन्तु हिउँचितुवा, रेडपान्डा (हाब्रे), कस्तुरीसहित कालो भालु, रातो भालुलगायत समस्यामा परेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँमा हिउँले पुरिएर मरेको अवस्थामा झारल भेटिएको छ।
