अधिवेशनको तयारीमा प्रेस चौतारी प्यूठान
प्यार अलि खान,प्यूठान- नेकपा एमाले निकट प्रेस चौतारी नेपाल प्यूठान सातौं जिल्ला अधिवेशनको तयारीमा जुटेको छ। शुक्रबार जुम्रीमा बसेको बैठकले यहि पुस २२ गते अधिवेशन गर्ने निर्णय गरेको चौतारीका संयोजक नोमराज पौडेलले जानकारी दिए।
अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको सह संयोजक बिजयसिंह भारतीले जानकारी दिए। बैठकले आसन्न एमाले प्यूठानको जिल्ला अधिवेशनका लागि चौतारीबाट तिन जना प्रतिनिधि चयन समेत गरेको छ। प्रतिनिधिमा बासुदेव गिरी, सुजल श्रेष्ठ तथा दीपा पौडेल रहेका छन्।
एमाले पोलिटब्यूरो सदस्य तथा जिल्ला पार्टी इन्चार्ज सूर्य थापाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो। बैठकमा थापाले चौतारीका पत्रकारहरुलाई क्रियाशीलतामा जोड दिन निर्देशन दिए। पार्टीको जिल्ला अधिबेशनलाई समेत लक्षित गरी हुन लागेको चौतारी अधिवेशनले दुबै अधिवेशनको रौनकतामा व्यापक प्रचार-प्रसार गर्न समेत थापाले निर्देश गरेका थिए।