Connect with us
Kapilvast Forest

विभागको महानिर्देशकमा सापकोटा

२०७८, १८ पुष आईतवारमा प्रकाशित

काठमाडौं-सरकारले सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटालाई नियुक्त गरेको छ ।महानिर्देशक भएसँगै विभागमा सापकोटाले पदवहाली गरेका छन् । सरकारले यसअघि २०७७ फागुनको पहिलो हप्ता विभागको महानिर्देशकमा अर्जुनजंग थापालाई नियुक्त गरेको थियो ।

सापकोटा यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निर्माण महाशाखा प्रमुखका रुपमा रहेका थिए भने त्यसअघि विभागको उपमानिर्देशकको रुपमा कार्यरत रहेका थिए ।
महानिर्देशकको सापकोटाले विभागलाई सुशासनको दायरामा रहेर विभागले कार्य सम्पादन गर्न र रुग्ण आयोजनाको सुधारमा रहेर काम थाल्ले बताएका छन् । विभागको महानिर्देशक भएर काम गर्दा पहिलो प्राथमिकता बाटोको मर्मत सम्भार रुग्ण आयोजना कारण आम जनमानसले बाटोका कारण पाएको सास्ती घटाउन र सुधार गर्न केन्द्रीत हुने बताएका छन् ।

२०५२ मा इन्जिनियरबाट सरकारी सेवामा प्रवेश गरेका सापकोटा २०६९ मा सहसचिवमा थिए । आगामी वैशाखमा सापकोटाले निजामति सेवाबाट अनिवार्य अवकाश लिँदै छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu