प्रचण्डद्वारा केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्न सुरु
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली वाचन सुरु गरेका छन् ।प्रज्ञा भवन, कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा उनले १२५ समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गर्ने भएका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् ।