Connect with us
Kapilvast Forest

मिसेज नेपाल वर्ल्डको उपाधि दीक्षालाई

२०७८, १९ पुष सोमबारमा प्रकाशित

काठमाडौं-विवाहित महिलाको सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल हुनु भएको छ ।सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिवार अबेर राति सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षाले उपाधि चुम्न सफल बन्नु भएको हो ।

 

दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु भएको छ ।यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu