Connect with us
Kapilvast Forest

विद्यार्थी नेता अर्यालद्वारा एमाले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

कपिलवस्तु – नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य बाबुराम अर्यालले नेकपा एमालेको अधिवेशनमा जिल्ला सदस्यको लागि उम्मेदवारी दिने बताउनु भएको छ । अनेरास्ववियु कपिलवस्तुका पुर्व अध्यक्षसमेत रहेका अर्यालले पुस २३ र २४ गते हुन लागेको जिल्ला अधिवेशनमा सदस्य पदमा आफनो उम्मेदवारीको घोषणा गर्नु भएको हो ।
१३ वर्षको उमेरमै अनेरास्ववियु वाणगंगा माध्यमिक विद्यालय लौगाईबाट विद्यार्थी राजनीतिक जीवन सुरु गर्नुभएका अर्यालले अनेरास्ववियु कपिलवस्तुको नेतृत्व गर्दै पार्टीमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।

पार्टीका नेता कार्यकर्ताले दिएको साथको कदर र सम्मानको साथै आफ्नो व्यक्तिगत जीवन भन्दा पार्टीलाई सर्वोपरी ठानेर काम गर्ने तीव्र चाहना रहेको उहाँले बताउनुभयो । उहाँले सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट पार्टीको जिल्ला अधिवेशन सफल पार्न चुनिनुभएका जिल्ला अधिवेशन प्रतिनिधिलाई सहयोगको अपिल गर्नुभएको छ । अर्यालले पार्टीको हित र सामाजिक हितमा सदैव लाग्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

राजनितिक र सामाजिक कर्तव्य पालन गर्ने अथाह धोकोे रहेको बताउँदै पार्टीले जिल्ला कमिटी सदस्य सङ्गै विद्यार्थी सह–इन्चार्जको जिम्मेवारी दिएपछि आफुले सके जति काम गरेको जिकिर गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu