घट्यो काउलीको भाउ
काठमाडौँ — स्थानीय उत्पादन वृद्धि भएसँगै काउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दुई साताअघि काठमाडौं उपत्यकामा प्रतिकिलो ५५ रुपैयाँ (होलसेल मूल्य) पर्ने ‘तराई काउली’ बुधबार घटेर प्रतिकिलो ३० रुपैयाँमा झरेको छ ।
एक साताकै अवधिमा तराई काउलीको मूल्य प्रतिकेजी १८ रुपैयाँले घटेको छ । समितिका अनुसार यो काउलीको मूल्य १४ गते प्रतिकिलो ४५ रुपैयाँ थियो ।
ब्रोकाउलीको मूल्य पनि घटेको छ । समितिको तथ्यांकअनुसार दुई हप्ताअघि प्रतिकिलो होलसेल मूल्य ७५ रुपैयाँ पर्ने ब्रोकाउली अहिले घटेर ५५ रुपैयाँमा झरेको छ । लोकल (स्थानीय) काउलीको मूल्य पनि घटेको छ । पुस १४ गते ४५ रुपैयाँमा कारोबार भएको स्थानीय काउली अहिले ३० रुपैयाँमा झरेको समितिको विवरणमा उल्लेछ ।