बिमस्टेक महासचिवले भेटे राष्ट्रपति
काठमाडौं-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
बुधबार राष्ट्रपति भवनमा उनीहरूबीच भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।उक्त अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
उक्त भेटमा उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।