बुद्धभुमी नगरपालिकाको १० औ साधारण सभा सम्पन्न,१५ शैय्याको अस्पताल बन्ने
कपिलवस्तु-कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको १० औ साधारण सभा गोरुसिंगमा संपन्न गरिएको छ । सभाले नऔ अधिबेशनका बिभिन्न योजना र कार्यक्रमहरु संशोधन समेत गरेको छ । यस्तै सहकारी ऐन २०७५ समेत सभामा संशोधन भएको नगर अध्यक्ष केशव कुमार श्रेष्ठले बताउनु भयो ।
बुद्धुभुमी नगरपालिकामा समायोजन भई आएका कर्मचारीहरुको स्मरबुद्धि तहबृद्धि सम्बन्धमा ब्यवस्था गर्र्न बनेको बिधेयक २०७८ समेत छलफलकालागि पशे भएको थियो । सो बिधेयक आउने पुस २५ गते बस्ने सभामा अध्ययन पछि पारित गरिने मेयर श्रेष्ठले बताउनु भयो। कार्यक्रममा नऔ नगर सभाबाट पारित योजना तथा कार्यक्रमको संशोधनकालागि उप मेयर मीरा थारुले प्रस्तुत गर्नु भएको थियो ।
यस्तै कोभिड, लकडाउन र भारी बर्षका कारण समयमै काम हुन नसकेको २७ योजनाहरु यस आबमा संपन्न गर्ने गरी भुक्तानी दिने समेत सभाले निर्णय गरको छ । सो अवसरमा मेयर श्रैष्ठले साढे ४ बर्षको अवधि पार गरीसकेको बेला नगरपालिकामा बिवकास निर्माणकोे काम अघि बढेको बताउनु भयो । उहाँले बुढ्ढी तालको विकासको काम, ब्ुढ्ढी टिक्कर सडक र स्वास्थय चौकीको निर्मााण कार्य अघि बढेको बताउनु भयो ।
यस्तै २१ करोड लागतको १५शैय्याको अस्पताल नगरपालिका वडा नम्बर २ स्थित बडहरामा बन्ने गरी टेन्डर निकाल्ने प्रकृया अिघि बढेको बताउनु भयो । उनले नगरपालिकामा प्जीगत खर्चको स्तरलाई बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत केशवराज सुेबदीले नगरपालिकाको प्रगति बिवरण सनाउनु भएको थियो ।