Connect with us
Kapilvast Forest

महाराजगन्ज-४ का १ सय ८० जना ज्येष्ठनागरिकलाई न्यानो कम्बल र च्यवनप्रास

२०७८, २१ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा कम्बल र पौष्टिक आहारा च्यवनप्रास वितरण गरिएको छ । वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई लक्षित गरी जाडो याममा कम्बल तथा च्यवनप्रास प्रयोगले शक्ति प्रदान गर्ने भएकोले वितरण गरिएको वडा अध्यक्ष सुशील कुमार चौधरीले बताउनुभयो ।इ
ज्येष्ठ नागरिकहरूलाई उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख अब्दुल कलामले ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप सामाग्रीहरू वितरण गरेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालको ज्येष्ठ नागरिकहरू सम्मान कार्यक्रम अन्तिम रहेकोले यस कार्यक्रमलाई विशेष रूपमा लिएको कलामले बताउनुभयो ।
जाडोको यो मौसममा वृद्ध वृद्धा जोगिनु पर्ने भएकोले सकेसम्म अनावश्यक रूपमा बाहिर ननिस्कन उपप्पमुख शुभावती कुर्मीले आग्रह गर्नुभयो । उपमेयर कुर्मीले ज्येष्ठ नागरिकहरूलाई सबै सम्मान गर्नुपर्ने बताउँदै वडा र नगरले पनि वृद्ध वृद्धा लक्षित कार्यक्रमहरू प्रत्येक वर्ष गरेको बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेल, शिक्षा शाखा प्रमुख रेश्मिराज आर्याल,वडाअध्यक्षहरु, जगदीश प्रसाद तिवारी, हेमन्त चौधरी, छेदी कुर्मी, समाजसेवी राम अचल कुर्मी लगायतको सहभागिता रहेको थियो । कम्बल र च्यवनप्रास पाएपछि वृद्धवृद्धाहरु हर्षित भएका छन् । वडा भित्र रहेका १ सय ८० जनालाई उक्त सामाग्री प्रदान गरिएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj