Connect with us
Kapilvast Forest

कपिलवस्तु एमाले अध्यक्षमा नदोहोरीने गरी शर्माको उम्मेद्वारी

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु -नेकपा एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनमा अध्यक्ष पदमा नेता डम्मर शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शर्माले ३० वर्ष अर्थात् ३ दशकको पूर्णकालीन राजनीतिमा यसपाली सशक्त उम्मेद्वारका रुपमा आफूले दाबी गरेको बताउँदै जित सुनिश्चित रहेको बताए ।पाल्पाको अखिलको राजनीतिबाट उदाएका नेता शर्मा २०४७ सालदेखि निरन्तर एमाले कपिलवस्तुको जिल्ला कमिटीमा विभिन्न पदमा रहेर सक्रिय रहँदै आएका छन् ।

शर्मासँग बलराम अधिकारी पार्टी अध्यक्ष हुँदा २ पटकसम्म उपाध्यक्ष भएर काम गरी सकेको अनुभव छ । विगतमा अध्यक्षका लागि झविलाल पोखरेलसँग प्रतिस्पर्धामा झिनो मतअन्तरले पराजित भएपनि निरन्तर राजनीतिमा क्रियाशील रहँदै हाल प्रदेश कमिटी सदस्य रहेर कृयासिल छन शर्मा।

एक पटकका लागि अध्यक्ष बनेर संगठनलाई उत्तर दक्षिण पूर्व पश्चिम चारै भूगोमा शशक्त पार्न आफूले उम्मेदवारी घोषणा गरेको शर्माको भनाइ छ ।

खासगरी पाटीले सामाजिक समस्यको नेतृत्व गर्दा र चुनावी मोर्चा हाक्दा सधैभरी मुख्य जिम्मेवारी सम्हाल्ने शर्माले पार्टी हाक्ने अवसर ३० वर्षको पूर्णकालीन अवधीमा यस अघिबटै खोजेपनि यसपाली सफल हुने एमाले कार्यकर्ताहरु बताउँछन् ।

जिल्लामा शर्मा बौद्धिक नताको रुपमा समेत चिनिन्छन् । मानविकी तर्फ समाजशास्त्रमा स्नातकोत्तर र बौद्ध विश्वविद्यालयवाट (एमएविएस)गरेका शर्मा हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययनरत छन् । शर्माले दर्जनौ सामाजिक संघ सस्थामा परामर्श दाता र सल्लाहकारको रुपमा भूमिका निर्वाह गरी सक्नु सकेका छन् ।

एमालेको अध्यक्ष भएमा पार्टीलाई अहिले भन्दा धेरै उचाईमा पु¥याउने शर्माले प्रतिवद्धता जाहेर गरेका छन् । अहिले धेरै आकांक्षी देखापरे पनि आफ्नो कामको मूल्याङ्कन हेरेर अन्तिमसम्म आफू सर्वसम्मत रुपमा अध्यक्ष बन्नेमा शर्मा विश्वस्त रहेको बताए । एकपटक कपिलवस्तु जिल्ला अध्यक्ष भएपछि अर्कोपटक पुन नदोहोरीने लुम्बिनी हवसँग शर्माले प्रतिवद्धता जनाए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu