विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी
काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ ।सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा। सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिनु भएको हो ।
कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उहाँ केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गर्नु भएको छ ।चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उहाँको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्नु भएको छ ।
उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी ९खुला०कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो ।यादवले उजुरी पत्रसँगै विनोद चौधरी विगतमा एमालेबाट सभासद् बनेको प्रमाणसमेत पेस गर्नु भएको छ ।