Connect with us
Kapilvast Forest

मोफसलमा काठमाडौं शहरको नयाँ भर्सन चाहियो: अर्थमन्त्री

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं -अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनु भएको छ । बिहीबार लगानी बोर्डको बैठकमा अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताउनु भएको छ ।

उहाँले काठमाडौंबाट बाहिर निस्किएर दूर-दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानु पर्ने बताउनु भएको हो । अहिले काठमाडौं बाहिर कम्तिमा तीन वटा ठूला शहरको निर्माणको आवश्यकता रहेको उहाँको भनाई छ ।

 

काठमाडौं शहरको नयाँ भर्सन चाहियो । दूर-दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगमा लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिनु भयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाअघि सार्न लगानी बोर्डलाई आग्रह गर्नु भयो । जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनु भयो । उहाँले बूढीगण्डकी, अपर(अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा ध्यान दिन भन्नु भएको छ ।

उहाँले काठमाडौं(पोखरा(लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । यसमा अध्ययन गर्न समेत उहाँले निर्देशन दिनु भयो । ‘काठमाडौं(पोखरा, पोखरा(लुम्बिनी फास्ट ट्र्याक वा लिक(रेलको)बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्‍यो’, उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu