हिमपात साना किसान सहकारीमा ११ करोड बरावरको कारोबार
माधव बेल्वासे
कपिलवस्तु २२ पुष
हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ मा ११ करोड ७७ लाख ७१ हजार ५ सय ९१ बरावरको आयव्यय प्रस्तुत गरिएको छ । सहकारीले हाल १६४ वटा साना किसान समूह,१५ वटा अन्तर समूहमा १ हजार ४४ जना सदस्यलाई संम्लगन गराई स्वरोजगार बनाउन सस्तो ब्याजमा कर्जा प्रदान गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो । यस आर्थिक वर्षमा २१ करोड कारोबार कारोवार गर्ने लक्ष्य राखिएको सुवेदीले बताउनुभयो । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै सुनौला कर्जा,समृद्ध कर्जा,खसी खरिद बिक्री केन्द्र,दुग्ध सङ्कलन केन्द्र,बिउ विजन विक्री केन्द्र,पशु बिमा लगायतका कार्यक्रमहरू गरिने उहाँले बताउनुभयो ।
साधारण सभालाई सम्बोधन गदै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले साना किसान सहकारीले कृषिको क्षेत्रमा लगानी गर्दै आर्थिक पाटोलाई अगाडि ल्याउन सहयोग पुगेको बताउनुभयो । सरकारको ध्यान समृद्ध नागरिक बनाउन लागि परेको भन्दै कृषि,पशु लगायतलाई क्षेत्रलाई विशेष ध्यान दिँदै काम गर्न सुझाव दिनुभयो । सहकारीले सदस्यहरूलाई ठुलो लगानी गरेकोले सदस्यमा इमन्दारीता हुनुपर्ने बताउनुभयो ।
केसीले सहकारीमा पुरुषको तुलनामा महिला सेयर सदस्यको सङ्ख्या धेरै भएको उल्लेख गर्दै महिलाहरूको क्षमता वृद्धिमा ध्यान दिएकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले उत्पादनमा आधारित रहेर सहकारीको माध्यम बाट महिलाहरू सशक्त बनाउँदै सहकारीले महिला उद्यमी बन्न टेवा पुराउन सहयोग गरेको बताउनुभयो ।
उद्योग वाण्ज्यि संघका केन्द्रीय सदस्य जमसेद अलि मियाँ, हिमपात साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार संयोजक विष्णु प्रसाद खतिवडा, शिवराज नगरपालिका पशु ु शाखा प्रमुख धनेस्वर खनाल लगायतले कृषिमा लगानी लगाउँदै आत्मनिर्भर बनाउन सकेका सहकारीको लगानी खेर नजाने कुराको जोड दिनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन केसीको स्वागत मन्तव्य संस्थाका सदस्य सिसिर लामिछानेको सञ्चालनमा सम्पन्न भएको हो ।