बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताए ।बस्नेतलाई बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषद ऐन,२०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।