Connect with us
Kapilvast Forest

हिमपातले मुगु–हुम्लामा एमाले अधिवेशन सर्‍यो

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

 

मुगु — भारी हिमपात र वर्षाका कारण नेकपा एमालेको मुगु र हुम्लाको जिल्ला अधिबेशन सरेको छ । पुस २३ गते तोकिएको अधिवेशन हिमपातले गर्दा प्रमुख अतिथि र स्थानीयतहबाट प्रतिनिधि र शुभेच्छुक सहभागी हुन नसक्ने अवस्था उत्पन्न भएपछि एमालेले मुगु र हुम्लाको अधिवेशन सार्न बाध्य भएको छ ।

हिमपात र वर्षाको कारणले गर्दा २३ सुरु हुने अधिवेशन स्थगित गरी पुस २७ गते गर्ने निर्णय गरिएको नेकपा एमाले मुगुका प्रचार विभाग प्रमुख डबलबहादुर रोकायाले बताए । हुम्लामा भने कहिले गर्ने भन्ने बारेमा मिति तय नभएको उनको भनाइ छ ।

 

बुधबारदेखि मौसममा बदली भइ हिमाली जिल्लामा भारी हिमपात र वर्षात हुने अनुमान गरिएको छ ।

नेकपा एमाले मुगु जिल्ला कमिटीको बैठकको निर्णयले २७ गते गर्ने जिल्ला अधिवेशन बारे जिल्लाभरिका प्रतिनिधि शुभेच्छुकहरुलाई जानकारी दिइसकेको प्रचार विभाग प्रमुख रोकायाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu