प्रचण्ड कांग्रेसको पुच्छर भएर ठूलो भुल गरेः रायमाझी
अर्घाखाँची -एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाउनु भयो ।
उनले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाउनु भयो । एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताउनु भयो ।
‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भन्नु भयो , ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान भएको आरोप लगाउनु भयो । माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’ दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उहाँको तर्क छ ।
माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिनु भयो । ‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उहाँले भन्नु भयो ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’