Connect with us
Kapilvast Forest

निर्मला हत्या प्रकरणसँग जोडिएका भारतीय नागरिक एक हजार धरौटीमा छुटे

२०७८, २४ पुष शनिबारमा प्रकाशित

nirmala

धनगढी- कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । ‘हामीकहाँ हुसेनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्ने मुद्दा आएको थियो’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले अनलाइनखबरसँग भने, ‘कानूनी प्रावधान बमोजिम उहाँ एक हजार धरौटीमा छुट्नुभएको छ ।’

 

प्रजिअ पाण्डेले हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भएरनभएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनु भयो ।

तर कञ्चनपुर प्रहरीले उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो । यद्यपि प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu