Connect with us
Kapilvast Forest

राष्ट्रिय जनमोर्चा विजयनगरले भेला गर्ने

२०७८, २४ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाले पालिकाको सातै वडामा वडाभेला गर्ने निर्णय गरेको छ । आज राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका उपाध्यक्ष पतेश्वरी यादवको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार, तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्तुक केन्द्रीय सदस्य केर सिंह अदैको उपस्थितिमा गाउँपालिकाको जुटपानीमा बैठक सम्पन्न भएको हो ।

बैठकले , राष्ट्रिय जनमोर्चाको संग्गठात्मक अवस्था, संघर्षका कार्यक्रमको मूल्यकाकन, समीक्षा गर्नुका साथै माघ महिनामा सातै वडामा भेला गर्ने निर्णय गरेको छ ।

जस् अनुसार वडा न १ को माघ २५ गते गुगौली , वडा न २ को माघ २० गते, कुठाहवा, वडा न ३ को माघ २९ गते पत्तहरदैया, वडा न ४ को माघ १८ गते जगदीशपुर, वडा न ५ को माघ १५ गते दा लपुर, वडा न ६ को माघ १८ गते जुटपानी, र वडा न ७ को माघ १० गते झुलानियामा गर्ने निर्णय गरेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानिय निर्वाचनको बारेमा केर सिंह अदैले प्रकाश पार्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj