Connect with us
Kapilvast Forest

देउवाको प्रस्ताव ओलीलाई ‘एमसीसी अनुमोदन गरौं’

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्।

शनिबार बिहान नेता ओलीकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सभामुख अग्नि सापकोटाको ‘भूमिका’ माथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद् अवरोध गर्दै आएको छ। राजनीतिक सहमति जुट्न नसक्दा एमसीसी पनि संसद्बाट अनुमोदन हुन सकेको छैन।

आफू नेतृत्वको सरकारलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेशप्रति असन्तुष्ट ओली प्रधानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा पनि अनुपस्थित रहँदै आएका थिए। तर, विपक्षी एमालेसँग कुराकानी गर्नुपर्ने सत्तागठबन्धनको उच्चस्तरीय समन्वय समितिको सुझावपछि ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए। प्रधानमन्त्री देउवा र ओलीबीच एक घण्टा ‘वान टु वान’ कुराकानी भएको थियो।

भेटवार्तापछि प्रधानमन्त्री देउवा सञ्चारकर्मीसँग बोलेनन्। ओलीले ‘कुराकानी राम्रो भयो’ भन्ने संक्षिप्त प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न ओलीसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो। ‘संसद्को अवरोध हटाइदिनुहोस्, केही काम गर्नै पाइएन,’ देउवाको भनाइ उदधृत गर्दै सचिवालय स्रोतले भन्यो। त्यस क्रममा ओलिले संसद्को अवरोध सुल्झाउन आफू पनि तयार रहेको, तर सभामुख र निर्वाचन आयोगले आफ्नो पार्टीविरुद्ध खेलेको भूमिकाका विषयमा ‘के हुने’ भनी प्रश्न गरेका थिए।

आफ्नो पार्टी फुटाउन सरकारले जारी गरेको अध्यादेश, पार्टीले निष्कासन गरेका सांसदलाई पदमुक्त नगरी पार्टी विभाजन गर्न सभामुखले सहयोग गरेको, संसद्मा एमालेले अवरोधलाई अस्विकार गरेको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए।

अन्नपूर्ण

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu