सगरमाथा बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः सिंह
अंशु ढकाल,कपिलवस्तु-सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभाले पुनः विजयलक्ष्मी सिंहको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ। जसको उपाध्यक्षमा शुस्मा शर्मा, सचिवमा गुञ्जेश्वरी श्रीवास्तव, कोषाध्यक्ष मुना श्रेष्ठ रहेनु भएको छ।
सदस्यहरुमा ताहिरा खातुन, सावित्री कुर्मी, रिता भण्डारी, सुल्ताना गद्दी यसै गरी सल्लाहकार समितिमा शारदा पराजुली, चण्डीका घिमिरे र सुरेन्द्रराज लम्साल रहनु भएको छ। करिव ३ करोड बराबरको आयव्याय रहेको छ। करिब १० हजार सेयर कित्ता रहेको छ। कपिलवस्तु नगरपालिकामा २८ ओटा महिलाहरुको समुह गठन गरि आर्थिक क्रियाकलाप पारदर्शीता पूर्वक संचालन रहेको अध्यक्ष सिंहले बताउनु भएको छ।
आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक लक्ष्मी पराजुलीले प्रस्तुत गर्नु भएको थियो। यसै गरी सचिव सुचिता श्रीवास्तवले प्रगति प्रतिवेदन अधिवेसनले पारित गरेको छ। कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मि गुप्ताले सबै महिलाहरुलाई यस सहकारीले आत्मनिर्भर बनाएको छ। आगामी दिनमा आत्मा निर्भर हुने व्यवसायीक तालिम लिएका महिलाहरुलाई ऋण लगानी गर्न आग्रह गर्नु भएको थियो।
यसै गरी कपिलवस्तु नगरपालिकाका सामाजिक विकास सल्लाहकार सुरेन्द्रराज लम्साल श्रीमान र परिवारका पुरुषले दिदीबहिनीहरुलाई आर्थिक आत्मनिर्भरका कारण सम्मानित जीवनयापनमा सहकारीले विगत २८ बर्ष देखि योगदान पुर्याएको चर्चा गर्नु भएको थियो। साथै उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो। महिला अधिकारकर्मी पुष्पा रेग्मी, लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसिया, कपिलवस्तु नगरपालिकाको महिला बालबालिका शाखाका प्रमुख सरोजा चौधरी, नारी शिल्प कला केन्द्रका अध्यक्ष बसन्त कुमारी सिंहलगायतको शुभकामना दिएका थिए।