Connect with us
Kapilvast Forest

एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल निर्वाचित

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

ओखलढुंगा — नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा शंकर कटवाल निर्वाचित हुनु भएको छ । सीताराम गुरुङलाई पराजित गर्दै कटवाल निर्वाचित हुनु भएको हो । कटवालले ४ सय मत ल्याए भने गुरुङले २ सय ७६ मत ल्याउनु भएको थियो ।

त्यसैगरी हर्कबोल राई उपाध्यक्ष, कमल न्यौपाने सचिव, अशोक थापा र मणिराज राई सहसचिव निर्वाचित हुनु भएको छ । सबैभन्दा लोकप्रिय मत उपाध्यक्ष पदमा हर्कबोल राईले ल्याउनु भएको छ । उहाँले ४ सय १३ मत ल्याउनु भयो । उहाँका प्रतिद्वन्द्वी रन्जित धमलाले २ सय ४६ मात्र ल्याउनु भयो ।ओखलढुंगा एमालेको इतिहासमा पहिलो पटक जिल्ला अधिवेशनमा सबै पदका लागि निर्वाचन भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu