Connect with us
Kapilvast Forest

एमाले कैलाली अध्यक्षमा रतन थापा ४ मतान्तरले विजयी

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

धनगढी-प्रतिश्पर्धीलाई ४ मतले हराउँदै रतन थापा, नेकपा एमाले कैलालीको अध्यक्षमा विजयी हुनु भएको छ ।आठौँ अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मत अन्तरले हराउँदै थापा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत मात्र पाउनु भयो ।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई हराउँदै दुर्गाप्रसाद जोशी विजयी हुनु भयो । सचिवमा डेजी पाण्डे विजयी हुनु भयोयस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी हुनु भएको छ ।

अध्यक्षमा थापा बिजयी भए पनि अधिकांश पदाधिकारी भने चन्द प्यानलबाट बिजयी हुनु भएको छ । अन्य पदको मत गणना जारी रहेको छ। अध्यक्ष सहित १५० पदका लागि ३२९ जना चुनावी मैदानमा रहनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu