Connect with us
Kapilvast Forest

कपिलधाममा चाैथाे बाणगंगा नगर स्तरिया माघी महोत्सव हुने

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

 राम अवतार चाैधरी ,कपिलवस्तु- थारु जातिले माघ महिनामा मनाउने माघी पर्व नजिकिँदै गर्दा थारु समुदायमा रौनक बढ्दै गएको छ । यसै पर्वलाई सो समुदायले विगतका बर्ष झै यस बर्ष पनि हर्ष उल्लासका साथ माउने तयारी गरेको छ । यस्तै क्रममा कपिलवस्तुमा पनि थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ ।
थारु कल्यणकारीणी सभा बाणगंगा नगर कमिटीले सोमबार पत्रकार सम्मेलन गरी माघ २, ३ र ४ गते हुन लागेको चौथों बाणगंगा नगर स्तरीय माघी महोत्सवको आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । त्यस्तै यस वर्ष माघी महोत्सवको उद्घाटन पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले गर्ने नगर अध्यक्ष भग्गु प्रसाद थारुले बताउनु भएको छ ।
उहाँले ‘हम्मनके भाषा आउर संस्कृति राष्ट्र के शान, संरक्षण आउर प्रवद्र्धन कइना हम्मन के अभियान’ भन्ने मुल नारनका साथ यस वर्ष माघी महोत्सव कपिलधाममा मनाउन लागेको जनाउनु भयो ।
त्यस्तै सोमबार पत्रकार सम्मेलन कार्यक्रममा थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले माघी र थारु समुदाय बीचको सामाजिक, संस्कृतिक र आर्थिक महत्वबारेमा स्पष्ट पार्नु भयो । माघीलाई थारु समुदायको नयाँ वर्षको रुपमा लिने र थारु समुदायसँग माघीको परम्परागत रूपमा अन्तर सम्बन्धित रहेकोले यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनु भयो ।
उहाँले थारु समुदायको माघी (खिचडी) महोत्सव (नयाँ वर्ष २०७८) लाई सफल बनाउँन सबैको सहयोग र सहकार्य हुन जरुरी रहेको जिकिरसमेत गर्नु भयो । थारु कल्यणकारी सभा नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, उपाध्यक्ष ऋषिराम थारुको स्वागत र पत्रकार कमल चौधरीको संचालन रहेको पत्रकार सम्मेलनमा थारु कल्यणकारी जिल्ला सल्लहकार महादेव थारु, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी लगायतले बोल्नु भएको थियो ।
यस वर्ष महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरेको छ ।
त्यस्तै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने नगर उपाध्यक्ष तथा संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताउनु भयो ।
त्यस्तै माघी पर्वको पूर्व सन्ध्यमा माघ २ गते वृहत रक्तदान कार्यक्रमको आयोेजना गरिने, माघी महोत्सवमा बयोबृद्धहरुलाई सम्मानसमेत गरिने अध्यक्ष भग्गु प्रसाद थारुले जानकारी दिनु भयो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu