लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल चयन
दाङ-लुम्बिनी प्रदेश तेक्वान्दो संघको प्रदेश अध्यक्षमा दाङ तुलसीपुरका विमल रिजाल चयन हुनु भएको छ ।बुधबार तुलसीपुरमा भएको प्रथम महाधिवेशनबाट यसअघिका संघका तदर्थ समितिका अध्यक्षसमेत रहेका रिजाल अध्यक्षमा चयन हुनु भएको द्ध ।
महाधिवेशनबाट लुम्बिनी प्रदेश उपाध्यक्षमा दाङका जीतबहादुर केसी र भैरहवाका पराग दास गोर्खाली चयन हुनु भएको छ ।त्यस्तै, दाङ तुलसीपुरका बिनिल केसी महासचिव, सचिवमा राजकुमार पाण्डे, तुलसीपुरकै मोहन सुनार कोषाध्यक्ष चयन हुनु भएको छ
संघको सदस्यहरूमध्ये दीपेन्द्र रिजाल, दुर्गाबहादुर खड्का, देवबहादुर केसी, सचिन पौडेल, वीरबहादुर रावत (बिरु), डम्बर बहादुर बुढाथोकी, सावित्रा गुरूङ, श्याम घले, रामजी यादव र राजीव सिंह क्षेत्री चयन हुनु भएको छ ।
बुधबार १६ सदस्य समिति गठन गरिएको छ।मनोनीतसहित संघको प्रदेश समिति २५ सदस्य हुन्छ। त्यसमध्ये दुई जना केन्द्रीय प्रतिनिधि हुनुन्छ ।संघमा तीन जना रूपन्देही, एक जना नवल परासी र आठ जना दाङ तुलसीपुरका पर्नु भएको छ
लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले तेक्वान्दो संघ लुम्बिनी प्रदेशको भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको बताउनु भएको छ ।
तेक्वान्दो संघको प्रथम महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संघको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनु भएको छ ।
‘भवन निर्माणका लागि प्रदेश सरकारबाट तेक्वान्दो संघको नाममा ५० लाख बजेट छुट्याइएको छ’, मन्त्री चौधरीले भन्नु भयो अब माघ महिनामै उक्त भवनको शिलान्यास गरेर भवन निर्माणलाई अगाडि बढाउने छौं।’
उहाँले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ कठ्ठा जग्गा उपलब्ध गराइसकेको नवनिर्वाचित संघका अध्यक्ष रिजालले जानकारी दिनु भयो ।